Saturday 9 January 2010

प्रतिक्षा,poem

प्रतिक्षा

समचारका हेडलाईन बिकासका खबर भन्न आतुर छन् ।
बिकासका खबर समचारका हेडलाईन बन्न आतुर छन् ।

भत्किएको, चर्किएको
चिथोरिएको,
निस्सासिएको समाचारले
आक्रान्त बनेका बेला
बिस्वासघातका पन्जाले कति हान्छौ हामीलाई?
लोभ देखाउदै हिराको
चुथ्थो चुम्बकले कति तान्छौ हामीलाई?

हामी लुटिनु सम्म लुटियौ
आफ्नै खेत
आफ्नै हलगोरु
आफ्नै हलो
तिमी जोतिरहेछौ हामीलाई
फोस्रा शब्दले

प्रत्येक शब्दको अर्थ खोज्दै
परेड खेल्दै प्रश्नसँग
काँडा उमार्दैछ आस्वासन
चेत खुलेर देशप्रेमको
दुर्बासा जन्माउँदैछ समर्थन
बिरक्त मनोभाव सिङ्गदरबारमा बिस्फोट हुन के बेर?
                   ईतिहासमा अर्को चोट हुन के बेर?

सगर्ब सगरमाथासँगै चुलिन सकेनौ हामी
स्वाभिमानी पङ्तीमा उभिन सकेनौ हामी

सिङ्गारिएर कान्तिपुरमा कहिले हाँस्न पाउला देश?
उन्नतिका फुलमाला कहिले गाँस्न पाउला देश?
                                                  
                                                  
बिशेष गुरागाईँ
जनवरी 08, 2010

Thursday 7 January 2010

बियोग, song

बियोग                             बिशेष 'बिस्थापित' पौष २३/जनवरी ७


वारी पारी हुदैथियौँ मनको पाखाको
पखालिँदै थियो गाजल उनको आँखाको

टोलाएर हेर्दैथीई अौला समाई रुँदैथिई
तप्किएका आसुँसगैँ आँफै पराई हुँदैथिई

मनमा आँधी चल्दैथियो ,दन्दन आगो बल्दैथियो
बियोगको सन्तापमा सबै खुशी गल्दैथियो

वारी पारी हुदैथियौँ मनको पाखाको
पखालिँदै थियो गाजल उनको आँखाको ।।                                                                               

Followers