Thursday, 22 April 2010

""अन्तहिन चोट""

""अन्तहिन चोट""

गहिरो दुखाईसंगैँको
यो प्राक्रित सोच

तिमी पछिको यो बर्तमानमा
केबल रित्तिएर बाँच्न चाहेकोछु
केबल निस्फिक्री हाँस्न चाहेकोछु ।।

तिमीसँगको त्यो मिलन
अझै छछल्किरहेछ
तलाउको पानी बनेर
यो मनको छाल
कहिल्यै शान्त भएन
कहिल्यै साम्य भएन

तिम्रो अभावको यो बर्तमान
रित्तो हाँसो हाँसिरहेछ
तिम्रो साथ मागिरहेछ
तै
नत म तिमीलाई छुन सक्छु
न फेरी तिम्रो हुन सक्छु

हेर्दाहेर्दै
तिमी टाढा भयौ
कसरी यति दुख्ने काँडा भयौ
एउटै प्रश्न अल्झिरहेछ अझैपनि
तिमी कसरी यति गाढा भयौ ???
                      
  ""(करिब् ७ बर्ष अगाडि लेखेको कबिता। आज मिठो लागेर राखे है) ""
                    

Sunday, 28 March 2010

''DEVASTATED''

Those were the past
I dare forget
yet the time !
evokes those memory
hundreds of scalp
lying down the beach
what a thrust!
over the layers
a obsession
the threat over tranquility
my past 'are' parched
a stormic impregnation

the havocs in my mind
clad with anger
never tend to cease

chastity of my soul
lost over the years
battered in my eyes
my placids 'are' withered/
                        burnt
i lost my house
i lost my joys
angst in my mind
like an unceasing war

A lost knight
thrusting in my heart
dabbing in my senses
bursting in my feels
still reviving
Never tend to end

                         Bishesh 'displaced'
         23rd March

Monday, 22 March 2010

एस्ट्रे

मेरो एस्ट्रे ,
बिचारका कैयौँ घुम्तीसंगै
सोचका बिभिन्न हल्का, गरुङ्गा कठ्घरामा
सैयौँ शब्दका प्रहार सहदै
छेउमा बसेर
मेरो बैचारिक धुवाँमा रमाइरहेको छ
अाफूलाई मभित्र समाहित गराइरहेको छ ।।

कैयौँ हासोँका धुवाँ उडे
कैयौँ आसुँका धुवाँ उडे
कोठा धुम्मिएर,
बाफिएर ,
पत्पताउँदो भैरह्यो
मैले कोठा छोडीन
मेरो एस्ट्रे मैसँग रमाइरह्यो
अाफूलाई मभित्र समाहित गराइरह्यो ।

कैयौँ सन्दर्भ उठे
हार र जीतका उथलपुथलमा
सर्को तनिरह्यो सोचले
नौलो अनुभुती जन्माइरह्यो
कलमले
सेता पानामा
भावनाका उच्छ्वास पोखिरहँदा
मेरो एस्ट्रे
मैजस्तो दिग्भ्रमित बनिरहेको थियो
भावना पोखिन छोडेन
सुगन्धले कोठा मग्मगाइरह्यो
मैले कोठा छोडिन

मेरो एस्ट्रे मैसँग रमाइरह्यो
अाफूलाई मभित्र समाहित गराइरह्यो ।

कसको साथ यति अटुट होला र
कसको माया यति बेजोड होला र
मैले कोठा छोडिन
उसले मलाई छोडेन
मेरो एस्ट्रे मैसँग रमाइरह्यो
अाफूलाई मभित्र समाहित गराइरह्यो ।           बिशेष 'बिस्थापित'


Saturday, 9 January 2010

प्रतिक्षा,poem

प्रतिक्षा

समचारका हेडलाईन बिकासका खबर भन्न आतुर छन् ।
बिकासका खबर समचारका हेडलाईन बन्न आतुर छन् ।

भत्किएको, चर्किएको
चिथोरिएको,
निस्सासिएको समाचारले
आक्रान्त बनेका बेला
बिस्वासघातका पन्जाले कति हान्छौ हामीलाई?
लोभ देखाउदै हिराको
चुथ्थो चुम्बकले कति तान्छौ हामीलाई?

हामी लुटिनु सम्म लुटियौ
आफ्नै खेत
आफ्नै हलगोरु
आफ्नै हलो
तिमी जोतिरहेछौ हामीलाई
फोस्रा शब्दले

प्रत्येक शब्दको अर्थ खोज्दै
परेड खेल्दै प्रश्नसँग
काँडा उमार्दैछ आस्वासन
चेत खुलेर देशप्रेमको
दुर्बासा जन्माउँदैछ समर्थन
बिरक्त मनोभाव सिङ्गदरबारमा बिस्फोट हुन के बेर?
                   ईतिहासमा अर्को चोट हुन के बेर?

सगर्ब सगरमाथासँगै चुलिन सकेनौ हामी
स्वाभिमानी पङ्तीमा उभिन सकेनौ हामी

सिङ्गारिएर कान्तिपुरमा कहिले हाँस्न पाउला देश?
उन्नतिका फुलमाला कहिले गाँस्न पाउला देश?
                                                  
                                                  
बिशेष गुरागाईँ
जनवरी 08, 2010

Thursday, 7 January 2010

बियोग, song

बियोग                             बिशेष 'बिस्थापित' पौष २३/जनवरी ७


वारी पारी हुदैथियौँ मनको पाखाको
पखालिँदै थियो गाजल उनको आँखाको

टोलाएर हेर्दैथीई अौला समाई रुँदैथिई
तप्किएका आसुँसगैँ आँफै पराई हुँदैथिई

मनमा आँधी चल्दैथियो ,दन्दन आगो बल्दैथियो
बियोगको सन्तापमा सबै खुशी गल्दैथियो

वारी पारी हुदैथियौँ मनको पाखाको
पखालिँदै थियो गाजल उनको आँखाको ।।                                                                               

Thursday, 26 November 2009

"असफल",a poem i felt on ur pain.

         असफल
                                                                                 
टोलाएर
तिमीले भित्तामा आफुलाई छरिरहदा
म,
तिमीलाई पढिरहेथे

तिम्रा खुम्चिएका निधारका रेखा भित्र
ती अबोध सपनाहरु
ओह्हो! कती पिडादायी होलान
म अनुभव गर्न पनि डराउँछु
तिमी कसरी भोगिरहेछौ ?

तिम्रा मनका चाहहरु
आँखाबाट छचल्किदै
भित्तासँग गुहर मागिरहेथे

त्यो मुटुको बेग अठ्याईरहेको
दुस्वप्न भागेर
तिमी उन्मुक्तीको सुबाश 
पर्खिरहेछौ

तिम्रा आँखामा बर्तमान तन्किएर
भबिस्य दुखिरहेझैँ लाग्थ्यो
तिम्रो अस्तब्यस्त मुहार

म कुनै बैज्ञानिकले
आफ्नो असफल आबिस्कार नियालिरहेझैँ
तिमीलाई नियालिरहेछु ।।।

                                                                  बिशेष (२६ नोव्,०९)

Wednesday, 18 November 2009

""ईच्छ्या"", a poem

      ""ईच्छ्या""

फुटेर मनको भङ्गालो
म अतितमा गडेको छु
तिम्रा असङ्ख्य  यादहरु
सप्तकोशी उर्लिरहेछन
मानसपटलमा

किन गार्हो भैरहेछ मन सम्हाल्न
यत्रतत्र सपनाका चोइटाहरु
सलाईका ठूटा जस्तै
मगजमा झिल्का उठिरहेछन

ग्रहण लागेझै मुहारको कान्ति हराईसक्यो
मनको शान्ति हराईसक्यो
तिमी अनवरत मेरो आत्मशक्तीको हत्या गरिरहेछौ

मेरो उदेश्य घाम छुने छैन
पहरामा गुराँस फुल्ने छैन
म सन्तुस्टिको गोदावरी फुल्न चाहन्छु
परेवा उड्न चाहन्छु मानसिक  शान्तिको
गुलाबी भएर आँफैभित्र रहर झुम्न चाहन्छु
बिना ताप फलाम पगाल्ने सहास चाहिएन मलाई

केबल,
तिम्रो यादको दासत्व मुक्त भएर
स्वछन्द फुल्न चाहन्छु
निस्फिक्री उड्न चाहन्छु ।।

                                            बिशेष , (१८/नोवेम्बेर/२००९)
                                                         (२०६६/मङ्सिर्/०३)




Followers