Thursday 7 January 2010

बियोग, song

बियोग                             बिशेष 'बिस्थापित' पौष २३/जनवरी ७


वारी पारी हुदैथियौँ मनको पाखाको
पखालिँदै थियो गाजल उनको आँखाको

टोलाएर हेर्दैथीई अौला समाई रुँदैथिई
तप्किएका आसुँसगैँ आँफै पराई हुँदैथिई

मनमा आँधी चल्दैथियो ,दन्दन आगो बल्दैथियो
बियोगको सन्तापमा सबै खुशी गल्दैथियो

वारी पारी हुदैथियौँ मनको पाखाको
पखालिँदै थियो गाजल उनको आँखाको ।।                                                                               

3 comments:

  1. मिठो लाग्यो वियोग गीत!

    ReplyDelete
  2. 'वारी पारी हुदैथियौँ मनको पाखाको
    पखालिँदै थियो गाजल उनको आँखाको'

    यि शव्द मन पगाल्नका लागि काफि छन् । मैले पढेका तिम्रा गीतहरू मध्येकै एउटा उत्कृष्ट गीत । यस्ता सिर्जनाहरूको प्रतिक्षा म जस्ता पाठकलाई सधैँ भईरहनेछ ।

    ReplyDelete
  3. अनि अर्को कुरा....कमेण्ट पोष्ट गर्दा "Word Verification" को अप्सनलाई disable गरिदेउ । यसले झन्झट मात्र दिन्छ ।

    ReplyDelete

Followers