Thursday 26 November 2009

"असफल",a poem i felt on ur pain.

         असफल
                                                                                 
टोलाएर
तिमीले भित्तामा आफुलाई छरिरहदा
म,
तिमीलाई पढिरहेथे

तिम्रा खुम्चिएका निधारका रेखा भित्र
ती अबोध सपनाहरु
ओह्हो! कती पिडादायी होलान
म अनुभव गर्न पनि डराउँछु
तिमी कसरी भोगिरहेछौ ?

तिम्रा मनका चाहहरु
आँखाबाट छचल्किदै
भित्तासँग गुहर मागिरहेथे

त्यो मुटुको बेग अठ्याईरहेको
दुस्वप्न भागेर
तिमी उन्मुक्तीको सुबाश 
पर्खिरहेछौ

तिम्रा आँखामा बर्तमान तन्किएर
भबिस्य दुखिरहेझैँ लाग्थ्यो
तिम्रो अस्तब्यस्त मुहार

म कुनै बैज्ञानिकले
आफ्नो असफल आबिस्कार नियालिरहेझैँ
तिमीलाई नियालिरहेछु ।।।

                                                                  बिशेष (२६ नोव्,०९)

Wednesday 18 November 2009

""ईच्छ्या"", a poem

      ""ईच्छ्या""

फुटेर मनको भङ्गालो
म अतितमा गडेको छु
तिम्रा असङ्ख्य  यादहरु
सप्तकोशी उर्लिरहेछन
मानसपटलमा

किन गार्हो भैरहेछ मन सम्हाल्न
यत्रतत्र सपनाका चोइटाहरु
सलाईका ठूटा जस्तै
मगजमा झिल्का उठिरहेछन

ग्रहण लागेझै मुहारको कान्ति हराईसक्यो
मनको शान्ति हराईसक्यो
तिमी अनवरत मेरो आत्मशक्तीको हत्या गरिरहेछौ

मेरो उदेश्य घाम छुने छैन
पहरामा गुराँस फुल्ने छैन
म सन्तुस्टिको गोदावरी फुल्न चाहन्छु
परेवा उड्न चाहन्छु मानसिक  शान्तिको
गुलाबी भएर आँफैभित्र रहर झुम्न चाहन्छु
बिना ताप फलाम पगाल्ने सहास चाहिएन मलाई

केबल,
तिम्रो यादको दासत्व मुक्त भएर
स्वछन्द फुल्न चाहन्छु
निस्फिक्री उड्न चाहन्छु ।।

                                            बिशेष , (१८/नोवेम्बेर/२००९)
                                                         (२०६६/मङ्सिर्/०३)




Friday 13 November 2009

कविता ""बिस्थापित""

 
    ""बिस्थापित ""

सोचाइका फाँटहरु
धाजा फाँटेका गराजस्तै
किन पत्र पत्र चिरिएका छन् तिम्रा
छिमेकीले मिचेको साँधजस्तै
किन साँघुरिएकोछ
किन फैलन सकेनन पंख फैलाउँदै
उद्दने चराका एक हुल बथान जस्तै भएर

हाम्रा रहर बिगत भन्दा चुलिएका छन्
हाम्रा सपना हिजोका भन्दा स्वदिला भएका छन्
ईच्छ्या फैलिएर सगरमाथा जित्ने होडमा लगिसके
तिमी उही पुरानो सोचको धरहरा उभिइरहेकछौ
आजको आजसँग बेमेल भएर

समयसँगै नजर फेरिईनुपर्ने
परिस्क्रित् हुनुपर्ने बिचार
चुलिनू पर्ने ईच्छ्या
अवतरित हुनुपर्ने नौलो आयाम रहरको

भुमन्डलिकरनको रहस्य भित्र
साँघुरिएको समयले
डायनोसोर र साङ्लोको किम्बदन्ती पछ्याऊँदै
अर्को ईतिहास स्थापित नगरोस्
आजको आजले तिमीलाई बिस्थापित नगरोस् ।।।
                                                                                                   बिशेष (2066/kartik/28)

समय """Time hurts & time heals"""


अधुरा ती सपना नछल्काउ आँखामा
अपुरा ती इच्छा नदुखाउ मुटुमा ।।।

यो भाग्यको लहर हो कसैले बुझ्दैन
कही पनि अल्झिन सक्छ
भाग्य सम्झेर आँफैलाई अभागि नबनाउ नजरमा ।।।


समयको थप्पड नखानेको छ र
घाईते त्यो मन नहुनेको छ र
पस्चाताप गरेर आफ्नै मन नजलाउ ब्यर्थमा ।।।


                                                                                                 बिशेष (2065/kartik/28)  

Sunday 8 November 2009

An update of romantics...from

                                                        
सागर जत्रो तिम्रो मनमा बस्ने बास पाये
तिमी आयौ जिन्दगीमा अब सास पाये

बगैचा थियो फुल थिएन माली आयौ सजाउने
घर थियो सोभा थिएन आयौ पाउजु बजाउने
सागर जस्तो तिम्रो मनमा बस्ने बास पाये
तिमी आयौ जिन्दगीमा अब सास पाये

आकाश थियो जुन थिएन आयौ रात सजाउने
एकलाई थिए साथ थिएन आयौ हेर्दै लजाउने
येसै खेर गये लाग्थ्यो बल्ल आस पाये
तिमी आयौ जिन्दगीमा अब सास पाये
                                                                                 बिशेष
                                                                         2065/kartik/02
                                                                own room at home"tinpainee"

Friday 6 November 2009

new song..a step ahead..

आज भन्दा निकै बर्ष अगाडि लेख्ने प्रयास गर्दा को उपज हो यो गीत। मेरो प्रयास-----


आस बन तिमी मेरो
सास बन तिमी
धुक्धुकी मा राज गर्ने
खास बन तिमी

तिमी भित्रै जुन पाउछु सुर्य तारा पाउछु
भगवानले रचे जति सृस्‍टि सारा पाउछु
मलाई मनमा राख तिम्रो बास बन तिमी
धुक्धुकी मा राज गर्ने खास बन तिमी

गल्ती कैले गर्दिन नी अरुलाई हेरी
मरुभुमी झै उजाडथे एकलै हुँदा खेरी
मात्र फुल फुलेकोछु सुबास बन तिमी
धुक्धुकी मा राज गर्ने खास बन तिमी

बिशेष

नेपाली सोच र नेपाली मन हुने हामी सबै को लागि यो सुनौलो आवसर बनेको छ आज ...

a new vision to success


Followers