असफल
टोलाएर
तिमीले भित्तामा आफुलाई छरिरहदा
म,
तिमीलाई पढिरहेथे तिम्रा खुम्चिएका निधारका रेखा भित्र
ती अबोध सपनाहरु
ओह्हो! कती पिडादायी होलान म अनुभव गर्न पनि डराउँछु
तिमी कसरी भोगिरहेछौ ?
तिम्रा मनका चाहहरु
आँखाबाट छचल्किदै
भित्तासँग गुहर मागिरहेथे
दुस्वप्न भागेर
तिमी उन्मुक्तीको सुबाश
पर्खिरहेछौ
तिम्रा आँखामा बर्तमान तन्किएर
तिम्रो अस्तब्यस्त मुहार
म कुनै बैज्ञानिकले
आफ्नो असफल आबिस्कार नियालिरहेझैँ
तिमीलाई नियालिरहेछु ।।।
बिशेष (२६ नोव्,०९)