Thursday 26 November 2009

"असफल",a poem i felt on ur pain.

         असफल
                                                                                 
टोलाएर
तिमीले भित्तामा आफुलाई छरिरहदा
म,
तिमीलाई पढिरहेथे

तिम्रा खुम्चिएका निधारका रेखा भित्र
ती अबोध सपनाहरु
ओह्हो! कती पिडादायी होलान
म अनुभव गर्न पनि डराउँछु
तिमी कसरी भोगिरहेछौ ?

तिम्रा मनका चाहहरु
आँखाबाट छचल्किदै
भित्तासँग गुहर मागिरहेथे

त्यो मुटुको बेग अठ्याईरहेको
दुस्वप्न भागेर
तिमी उन्मुक्तीको सुबाश 
पर्खिरहेछौ

तिम्रा आँखामा बर्तमान तन्किएर
भबिस्य दुखिरहेझैँ लाग्थ्यो
तिम्रो अस्तब्यस्त मुहार

म कुनै बैज्ञानिकले
आफ्नो असफल आबिस्कार नियालिरहेझैँ
तिमीलाई नियालिरहेछु ।।।

                                                                  बिशेष (२६ नोव्,०९)

1 comment:

  1. अनिल पौडेल26 November 2009 at 07:13

    सालो कविता असफल भएपनि तिमीचाहिँ सफल भइरहनु है!! कति राम्रो कविता लेखेछौ त!!

    ReplyDelete

Followers